कैलाली। कैलालीमा छाडा गाईसँग ठोक्किएर दुर्घटना हुँदा गए राति मोटरसाइकल चालकको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
जोशीका अनुसार धनगढी-१३ अत्तरियाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश-०१-०११ प ३८१६ नम्बरकाे मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएकाे हाे । मोटरसाइकलमा रहेकी शर्मिलाको त्यही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया