• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द

    203
    SHARES


    काठमाडौँ। पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द गरिएको छ । सो राजमार्गमा बनेका दुईवटा पक्की पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घन्टा बन्द गरिएको हो ।

    कालीकोट नरहरिनाथ गाउँपालिका-८ को कर्णाली नदीमा बनेको पक्की पुल र दैलेख आठबिस नगरपालिका-५ घट्टेखोला पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग बन्द गरिएको हो । घट्टेखोलामा बनेको पक्की पुल आज बिहान ६ बजेदेखि बन्द भएको छ ।

    जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक डिभिजन कार्यालयको अनुरोधमा नवनिर्मित पुलको जाँच गर्नुपर्ने अनुरोध आए पछि राजमार्ग बन्द गरिएको बताए ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ