• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इरानसँगको आणविक सम्झौता पुनः उत्थानका लागि यसै हप्ता बैठक बस्दै

    235
    SHARES


    काठमाडौँ। इरानसँगको आणविक सम्झौता पुनःउत्थानका लागि यसै हप्ता बैठकको तयारी हुँदै छ  । युरोपेली सङ्घ (ईयू) को प्रस्तावमा इरानले प्रतिक्रिया जनाएपछि बैठक बस्न लागेको ईयूका उच्च कुटनीतिज्ञले बताएका छन् ।

    इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गर्ने उद्देश्यले सन् २०१५ मा विश्व शक्तिराष्ट्र र तेहरानबीच भएको सम्झौता (जेसीपीओए) लाई पुनर्जीवित गर्ने प्रयास महत्त्वपूर्ण मोडमा छ । जेसीपीओएका अन्य पक्षहरूमा बेलायत, चीन, फ्रान्स, जर्मनी र रूस रहेका छन् ।

    गएको हप्ता भियतनाममा तय भएको बैठक बस्न सकेको थिएन । ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले बैठकको तयारी तीव्र पारेको जानकारी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

    सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता फिर्ता भएको घोषणा गरेपछि इरानले पनि आफ्ना लागि मात्र मान्य नभएको भन्दै फिर्ताको घोषणा गरेको थियो । त्यसपछि सम्झौता सङ्कटमा परेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ