काठमाडौँ। रुपन्देहीमा आज बन्दको आंशिक प्रभाव देखिएको छ । पसल तथा विद्यालय बन्द रहेका छन् भने सार्वजनिक सवारी सधान पनि चलेका छैनन् । बुटवलको बसपार्कबाट बसहरू नछुटेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा ठुला सवारी सधान चलेका छैनन् । केही मोटर साइकल, तरकारी, दूधका गाडी चलेका छन् ।
बुटवलका भित्र सडकमा केही पसलहरू खुले पनि अधिकांश बन्द रहेका छन् । सामान्य रूपमा मोटरसाईकल ,अटो रिक्सा सडकमा गुडेका देखिन्छ । अहिलेसम्म बुटवल भैरहवामा कतै बन्दकर्ता भने देखिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख रवीन्द्र रेग्मीले अहिलेसम्म रुपन्देहीमा कुनै अप्रिय घटना भएको बताए । चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।
तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार,महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया