• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मलेसियामा कांस्य पदक जितेका पारस उत्कृष्ट खेलाडी घोषित

    1K
    SHARES


    काठमाडौं । नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका छन् । ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं पुम्से निर्णायक उपसमितिका संयोजक बब्लु सिवाकोटीले जानकारी दिए ।

    च्याम्पियनसिपको अन्तिम दिन सुप्रिमा बजगाईंले स्वर्ण पदक जितेकी छन् । उनले ग्योरोगीको महिला ४२ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । यसैगरी महिला ५९ केजी तौल समूहमा सुभांगी श्रेष्ठले कांस्य पदक जितिन् । सिनियर ग्योरोगीतर्फ नेपालले दोस्रो स्थान हात पारेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य सिवाकोटीले जानकारी दिए । च्याम्पियनसिपमा ग्योरोगीतर्फ नेपालले तीन स्वर्ण, तीन रजत र सात कांस्य पदक जितेको थियो ।

    यसअघि नेपालका अभिषेक बराल र आशुतोष बरालले स्वर्ण जितेका थिए । अभिषेकले पुरुष ८० केजी र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । यसैगरी पुजन खड्का, सुरज कार्की र अबास खानले रजत तथा पूजा कुँवर, अभिषेक डल्लाकोटी, श्रीचन्द्र कार्की, अफ्ताव खान र ज्वालासिंह गुरुङले कांस्य पदक जितेका थिए ।

    यसैगरी पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जितेका थिए । नेपाली खेलाडीले अब भियतनाममा हुने ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया