सप्तरी। सप्तरीको राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल प्रवेश अरेका छन् । लोसपा सप्तरीद्वारा आज साेमवार जिल्ला समन्वय समितिकाे सभा हल राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यादवलाई पार्टीमा स्वागत गरेका छन् ।
यादवसँगै राजविराजका निवर्तमान कार्यपालिका सदस्य प्रमोद कावडा, निवर्तमान वडाध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव लाली, शोभालाल मण्डल पनि लोसपा प्रवेश गरेका छन् । २०७४ सालमा भएकाे पालिका चुनावमा यादव तत्कालीन राजपाबाट राजविराजकाे मेयरमा निर्वाचित भएका थिए ।
पछि राजपा र सङ्घीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) हुँदा यादव जसपामै थिए । त्यसपछि गएकाे पालिका चुनावमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरी मेयरमा उम्मेदवार बनेका उनि पराजित भएका थिए । यही कार्यक्रममा राजविराज ३ का नेकपा माओवादी केन्द्रका नेता ईर्साद अन्सारीसहितका नेता कार्यकर्ता पनि लाेसपा प्रवेश गरेका छन् ।
प्रतिक्रिया