• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    वनबासामा जीप दुर्घटना, १० जना नेपाली घाइते, चालक फरार

    338
    SHARES


    काठमाडौँ। कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै भएको जीप दुर्घटनाका घाइतेहरुको पहिचान खुलेको छ। आज दिउँसो वनबासाको चरकपुर बजारमा भएको दुर्घटनामा १० जना नेपाली घाइते भएका थिए।

    प्रहरीका अनुसार घाइते हुनेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका-५ का जित दयाल, राधा दयाल, गड्डाचौकीका दिपक ओझा र हेमा ओझा रहेका छन् । यस्तै धनगढीका खेमबहादुर, चन्द्रा, सानु, लक्ष्मी, बल्देव र शारदा घाइते भएका छन् । उनीहरुको थर भने खुल्न सकेको छैन।
    तीब्र गतिका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। यस्तै फरार रहेका चालकको खोजी पनि जारी रहेको बताइएको छ। अहिले घाइतेहरुलाई खटिमास्थित सरकारी अस्पतालमा उपचार भैरहेको छ। जीप दुर्घटनामा घाइते भएकाहरु उपचारका लागि सितारगञ्जतर्फ गैरहेका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ