• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोकस

    पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ दक्षिण एसियाको उत्कृष्ट १० उद्यमीको सूचीमा

    1K
    SHARES


    काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ दक्षिण एसियाका १० उत्कृष्ट महिला उद्यमीको सूचीमा परेकी छन् । इन द क्याप म्यागजिनले तयार पारेको सूचीमा अनुष्का तेस्रो स्थानमा छिन् ।

    सन् २०२० मा उनले स्थापना गरेको स्थानीय डेजर्ट ब्रान्ड माकुसीले अनुष्कालाई यो उपलब्धि दिलाएको हो । उनको यो सफलताप्रति मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बधाई दिएको छ ।

    यो ब्रान्डले परम्परागत नेपाली स्वादको मिठाइ बिक्री गर्छ । सूचीको पहिलो स्थानमा बंगलादेशकी उद्यमी तमारा आबेद छिन् । उनले स्थापना गरेको ब्रान्ड आरोङले कफीसहित अन्य उत्पादन गर्छ ।

    दोस्रो स्थानमा भारतकी अनिशा सिंह छिन् । उनले मायडाला ब्रान्ड स्थापना गरेर चर्चामा आएकी हुन् । अनुष्काको कुरा गर्दा उनले माकुसी ब्रान्डसँगै मिस वर्ल्डमा ब्युटी विथ पर्पस विधा पनि जितेकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ