• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    राम्राे काम गर्नेलाई प्राेत्साहित र नराम्राे काम गर्नेलाई दण्डित गर्नुपर्छ :अध्यक्ष प्रचण्ड

    392
    SHARES


    काठमाण्डै। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहित र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताए ।

    साेमवार गएकाे पालिका चुनावमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरूकाे छानबिन गर्न गठित टंक राई नेतृत्वकाे समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताएका छन् ।

    राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिस्ट पार्टीजस्तो नरहने अध्यक्ष दाहालकाे भनाइ थियाे । उनले पार्टीलाई विधिसम्मत रूपमा चलाउने पनि बएका छन् । उनले भने, ‘यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गडबडीलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन । यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ । त्यस कारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरूलाई दण्डित गर्ने प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन ।’

    अध्यक्ष दाहालले छानबिन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्कासन र चेतावनी दिनुपर्ने निष्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टीको पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने पनि बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ