• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर बुटवलबाट पक्राउ

    701
    SHARES


    काठमाडौँ।  मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले होली क्यालोरी चर्च बुटवलका पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको छ ।

    ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।

    आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताएका छन् । भाइरल भएको उक्त भिडियोमा एक महिला भुइँमा सुतेको देखिन्छ र केही बेरमै ती महिलालाई उठेर सरासर हिँडेको देखिन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ