• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    अन्तर्घात छानबिन समितिले बुझायो प्रतिवेदन, अन्तर्घातमा संलग्नलाई के गरिदैछ?

    351
    SHARES


    काठमाडौँ। नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तर्घातबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ । सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रमका बीच अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदन चार परिच्छेदमा विभक्त रहेको राईले बताए । पहिलोमा समितिको छानबिनको सामान्य उदेश्य, समयसीमा, अध्ययनको विधि, पद्धति र क्षेत्रको विषयमा उल्लेख छ । दोस्रोमा उजुरी र उजुरीसँग सम्बन्धित व्यक्तिसँग लिएको बयान र तथ्य तथ्यांक समावेश छ भने तेस्रो परिच्छेदमा पार्टीले गर्नुपर्ने कारबाहीसम्बन्धी सिफारिस रहेको छ । यस्तै चौथोमा समितिले पार्टीलाई दिएको आवश्यक सुझावहरु उल्लेख छ ।

    राईले छानबिनका क्रममा ५०० जनाभन्दा बढी व्यक्तिसँग अन्तरक्रिया गरिएको बताउँदै उनीहरुले दिएको जानकारीको आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइएको बताए । सो क्रममा अन्तर्घात बारेको केही अडियो र भिडियो पनि संकलन गरिएको उनले बताए । समितिले अन्तर्घातमा संलग्न केही नेतामाथि कारबाहीको सिफारिस गरेको बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ