• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    म राष्ट्रपतिको दौडमा छैन तर आवश्यकता परे पछि हट्दिनँ : झलनाथ खनाल

    894
    SHARES


    कथ्मनादु। पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् । समाजवादी प्रेस सङ्गठनले साेमवार सदरमुकाम तम्घासमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा गुल्मी पुगेका नेता खनालले अहिलेको आफ्नो दौड भनेको सिङ्गो पार्टी सङ्गठन निर्माणमा रहेको भन्दै आफ्नो सिङ्गो जिन्दगी कुनै पदका निमित्त नभएको दाबीसगरेका छन्  । पार्टी सचिव रामकुमारी झाँक्रीसँगै गुल्मी पुगेका खनालले आफूले पदका लागि भनेर मरिहत्ते नगरेको भन्दै देशले आवश्यकता बोध गरेमा र पार्टीले दायित्व दिएमा आफू त्यसबाट पछि नहट्ने पनि बउनले बताए ।

    पत्रकार सम्मेलनमा बाेल्दै नेता खनालले केपी ओलीका कारण देश अस्थिरतातर्फ जान थालेपछि संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको जिकिर गरे ।

    बाहिर वाम गठबन्धनका हल्ला चले पनि तत्कालका लागि त्याे सम्भव नरहेको उनले बातए देशका प्रमुख र सबैभन्दा ठूला भनिने वामपन्थी दलका नेताहरू नै तयर नभएका कारण अहिले एकता सम्भव नभएको उनलको भनाइछ ।

    नेता खनालले नागरिकता विधेयक देशको राष्ट्रियतासँग जोडिएको विषय भएको बताए । राष्ट्रियताको विषय जहिले पनि सहमतिको विषय बन्नुपर्ने भन्दै यस्ता विषयलाई राष्ट्रिय सहमतिमा पुराउन सकेमा दुरदर्शिता हुने उनको टिप्पणी छरहेको छ ।

    कार्यक्रममा बाेल्दै नेता खनालले एकीकृत समाजवादी पार्टी एक वर्षको अन्तरालमा राष्ट्रव्यापी पार्टी बन्न सफल भएको दाबीगरेका छन् । यस अवधिमा २१ वटाभन्दा बढी जनसङ्गठनहरू निर्माण भएको भन्दै उनले समाजवादी पार्टी नवोदित क्रान्तिकारी शक्तिको रूपमा उदय भएको जिकिरसमेत गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया