काठमाडौँ। सरकारले सहसचिव नारायण दवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग बाणिज्य तथा आपूर्ति सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सचिवमा बढुवा भएका दवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवका रुपमा खटाउने निर्णय भएको उद्योग मन्त्री दिलेन्द्र बडूले बताए । आजको बैठकले केही कार्यविधि पनि पास गरेको उनले बताएका छन् ।
प्रतिक्रिया