• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    अण्डरग्राउण्ड पार्किङ खुलाउन मेसिनको प्रयोगमा नगर प्रहरीले भत्कायो बानेश्वर कम्प्लेक्स

    859
    SHARES


    काठमाडौं । नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो ।

    काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । उक्त म्याद आइतबार सकिएपछि आइतबार बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र (बालेन) साह आफैं खटिएका थिए ।

    धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने गरेका छन् । जसले गर्दा मुख्य शहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढेको छ । नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डर ग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् ।

    अनुगमनका क्रममा प्राय सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ