• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माल्दिभ्समा नेपाली दूतावास नहुँदा मर्कामा नेपाली श्रमिक

    257
    SHARES


    काठमाडौँ। पछिल्लो समय नेपालीकाे लागि वैदेशिक रोजगारीकाे रोजाइ केन्द्र बन्दै गएको माल्दिभ्समा नेपाली दूतावास नहुँदा यहाँ रहेका नेपाली श्रमिक मर्कामा परेका छ्न् । भौगोलिक दृष्टिले सानो भयता पनि आर्थिक दृष्टिकोणबाट निकै समृद्ध रहेको माल्दिभ्स्समा लगभग ३ हजारकाे हाराहारीमा नेपाली श्रमिक रहेको अनुमान गरिएको छ ।

    अमेरिकन डलर १ बराबर जम्मा १५ दशमलव ४२ रुफिया भएको माल्दिभ्सले आप्रवासी श्रमिककाे लागि नेपाली, बङ्गलादेशी, पाकिस्तानी ,इन्डोनेसियन र फिलिपिन्सीहरुलाई प्रस्ताव गर्छ। टापु नै टापुले बनेको सहर अनि ती टापुमा बनेका सुविधाजन्य रिसोर्टमा बलिवुड हलियुड देखि विभिन्न देशका राजकुमारहरु मनोरञ्जन गर्न आइपुग्छन् ।

    पर्यटन र माछाबाट आर्थिक उन्नति गरेकाे यो देशको जनसंख्या लगभग ५ लाख रहेको पछिल्लो जानकारी छ । प्रायः सबै देशको दूतावास भएको माल्दिभ्समा नेपाली दूतावास भने छैन । सार्क राष्ट्रहरुको एउटा हिस्सा रहेको माल्दिभ्समा नेपाली दूतावास नहुनुको कारण चाहिँ के होला ? यहाँ काम गर्ने श्रमिक सानो होस या ठूलो आफ्नो दुखेसो पोख्ने समेत ठाउँ नहुँदा यहाँ रहेका नेपाली एक्लाे भएकाे महसुस गर्छन् । एक आपसमा आफ्ना दु:ख सुख साटासाट गरेर एक अर्कालाई सहयोग गर्दै आएका छ्न् ।

    पासपोर्ट नवीकरण गर्नको लागि होस् या अन्य कुनै कामको लागि होस् हामीले श्रीलंकामा रहेको नेपाली दूतावास गुहार्नु बाहेक अन्य कुनै विकल्प छैन । प्रायः यहाँ नेपाली दिदीबहिनी हाउस मेडमा हुनुहुन्छ भने अधिकांश दाजुभाइ सुरक्षा गार्डकाे रुपमा कार्यरत हुनुहुन्छ । केही दिदीबहिनी माछा फ्याक्ट्री र पसलमा सेल्स अनि रिसोर्टमा हुनुहुन्छ भने दाजुभाइ रिसोर्टमा कुक देखि ड्राइभर र निर्माण कार्यमा पनि हुनुहुन्छ ।

    पछिल्लो समय नेपालबाट श्रम स्वीकृति गरेर दिनानुदिन यति धेरै नेपाली माल्दिभ्स आइरहँदा पनि किन नेपाल सरकारले यहाँ रहेका नेपालीको लागि आफ्नो एउटा दूतावास खोल्न सक्दैन ? के माल्दिभ्समा रहने नेपालीलाई अप्ठ्यारो पर्दैन र ? अप्ठ्यारो पर्दा हामी कहाँ शरण लिन जाने ?

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ