• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु

    1.1K
    SHARES


    South Korea United States Korea Military Exercises

    काठमाडौँ। दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् ।

    उल्ची फ्रिडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्त्यसम्म चल्नेछ । गत मेमा कार्यभार सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलले संयुक्त अभ्यासलाई ‘सामान्य’ बनाउने र उत्तर विरुद्ध प्रतिरोध बढाउने वाचा गरिरहेका बेला पछिल्लो अभ्यास सुरु भएको हो ।

    पछिल्ला वर्षहरूमा कोभिड-१९ को कारणले रोकिएको अभ्यासहरूलाई आक्रमणको लागि पूर्वाभ्यास बताइएको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अभ्यासको लागि प्रारम्भिक प्रशिक्षण सुरु गरेपछि उत्तर कोरियाले गत साता पश्चिमी तटीय शहर ओन्चोनबाट दुईवटा क्रुज मिसाइल प्रहार गरेको थियो ।

    उत्तर कोरियाले यस वर्ष अभूतपूर्व गतिमा क्षेप्यास्त्र परीक्षण गरेको छ र जुनसुकै बेला आफ्नो सातौं आणविक परीक्षण गर्न तयार रहेको दक्षिण कोरियाली अधिकारीहरूको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया