काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुई थान पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका १ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँपालिका-३ का ३० वर्षीय महमद सन्नाउल्लह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।
विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जना माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसंधान सुरु गरिएको प्रवक्ता मल्लले बताएका हुन् ।
प्रतिक्रिया