• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार सुदुरपश्चिम

    कञ्चनपुरमा प्रेमी-प्रेमिका एकैदिन मृत फेला

    453
    SHARES


    काठमाडौँ। कञ्चनपुरमा युवा-युवती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका-४ का १८ वर्षीय दिनेश भट्ट र सोही नगरपालिका-५ बस्ने १८ वर्षकै पुजा देउवा आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई प्रहरीले हालै अभिभावकको जिम्मा लगाएको छ ।

    प्रेमी-प्रेमिका समेत रहेका दुवैजना आ-आफ्नो घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिएका छन् । उनकाअनुसार लामो समयदेखि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए । केही दिनअघि दिनेशले प्रेम विवाह गर्ने भन्दै पुजालाई भगाएर आफ्नो घर लगेका थिए ।

    पुजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाएको गिरीले जानकारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ