• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गण्डकी समाचार

    एटीएम फाेरेर १४ लाख बढि चाेरी गर्ने व्यक्ति कहाँवटा समातिए?

    396
    SHARES


    कास्की।  पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौँचोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फोरेर पैसा चोरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरी गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भइ पोखरा ३० डुँडाको मुख बस्ने २१ वर्षीय अनिश तामाङलाई पक्राउ गरेर सार्वजनिक गरेको हाे ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले भारत भाग्दै गरेको अवस्थामा रुपन्देही बेलहिया नाकाबाट तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी अजय केसीले जानकारी दिए ।

    तामाङले पोखरा २६ अर्घाैँचोकमा रहेको एनएमबी बैंकको एटीएम विना हातहतियार खोलेर त्यहाँ भएको १४ लाख ७१ हजार पाँच सय रुपैयाँ चोरी गरेका थिए । वैशाखयता पोखरामा चार पटकसम्म एटीएम मेशिन फोरेर रकम निकाल्ने प्रयास भएको थियो ।

    पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ