काठमाण्डाै। नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनेबताइन् । उनले लेखेकी छिन्, ‘गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।’
गुल्मी क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टले उम्मेदवारी दिने तयारी छ । विष्ट यसअघि चार पटकसम्म गुल्मी-२ बाटै उम्मेदवार बनेकोमा २०६४ सालबाहेक तीन पटक विजयी भएका छन् । गएको वैशाखमा सम्पन्न पालिका चुनावमा भने गुल्मी-२ मा नेकपा एमाले कमजोर देखिएको छ ।
गोकर्ण विष्टकै पालिका इस्मा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यस्तै झाँक्रीको पालिका मदाने गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
प्रतिक्रिया