• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

    291
    SHARES


    काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म संचालन भएको सेमिनार तथा कोर्षमा सहभागि प्रशिक्षकलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बोर्ड सदस्य अन्जन धमलाले प्रमाण पत्र प्रदान गरे ।

    सेमिनार तथा कोर्षमा उपत्यका तथा विभिन्न जिल्लाका गरि करिव १ सय ३५ जनाको सहभागिता रहेको थियो । सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै सदस्य सचिव घिसिङले एकै प्रकृतीका खेल रहेर पनि विगतमा किन दुई संघ हुनु परेको हो ? त्यसको जवाफ संघमा रहेका नेतृत्वले दिनु पर्ने भन्दै विभिन्न कारणले बनेका दुई संघलाई एक हुन सुझाव दिंदै आफ्नो कार्यकालमा अनावश्यक संघको अस्तित्व नरहने बताएका हुन् ।

    कार्यक्रममा अतिथीको रुपमा सहभागी रहेका परिषद्का सदस्य एवं नेपाल आईटिएफका अध्यक्ष अञ्जन धमलाले विश्वमानै तेक्वान्दो संघ एकिकरणको अभियानमा रहेको भन्दै नेपालमा अस्तित्वमा रहेका तेक्वान्दो संघलाई पनि एकिकृत गर्नु पर्ने र त्यसका लागि परिषद् अगाडी बढिसकेको र सदस्य सचिवले यस कार्यलाई पूर्णता प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

    संघका महासचिव राजकुमार कार्कीले विगतमा तेक्वान्दो खेलमा देखिएको विकृती यस पटकको नवौ राष्ट्रिय खेलकुदका दौरान नहोस भन्दै यस सेमिनार र कोर्सले त्यसलाई समाधान गर्ने विश्वास रहेको बताए ।लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको बाँकेमा सो कार्यक्रम भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेश प्रदेशमा सो कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ