• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    बुटवल उपमहानगरले किन गर्‍यो कर्मचारीकाे इन्धन र मोबाइल खर्च कटौती?

    524
    SHARES


    बुटवल। बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । नगर कार्यपालिका बैठकले कर्मचारीहरूले लिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । नगरको खर्चमा मितव्ययी हुन निर्णय गरिएको मेयर पाण्डेयले बताए ।

    बैठकले २ अर्ब लागतमा बुटवल-१५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार सम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

    मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरूको सम्झौता गर्ने वार्षिक कार्य सञ्चालन तालिका स्वीकृत गरेको नगर प्रवक्ता शिव रानाले जानकारी गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया