• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भिजिट भिसामा यूएई गएर अलपत्र परेका मण्डलको उद्धार

    251
    SHARES


    काठमाण्डौ। भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका सप्तरीको तोपा- कजौलीका ललितकुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी स्वदेश फर्काएकाे छ ।

    आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरको पहलमा मण्डललाई गएको भदौ १ गते इन्डिगो एअरलाइन्सबाट बुधवार स्वदेश फर्काएकाे हो ।

    एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गएको जनवरीमा दुबई लगेका थिए । तर नेपाली एजेन्टको दुबईमा रहेको बंगाली एजेन्टले त्यहाँको कम्पनीमा भिसा नलगाइकनै काम लगाइदिएका थिए । त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डल गएको जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए ।

    एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि समाजलाई जानकारी गराएका थिए । त्यसपछि समाजका यूएई उपाध्यक्ष ठाकुरले मण्डललाई उद्धार गरेर झन्डै दुई हप्ता आफूसँगै राखे ।  स्वदेश फर्किने क्रममा आबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गरेका छन् । भिजिट भिसामा खाडी देश गए आफूजस्तै अरूले पनि दुःख पाउने भन्दै उनले युवालाई सचेत गराउनुभयो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ