• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    तानसेनका पूर्व प्रमुख र उपप्रमुखसहित १६ जना एमाले छाडेर एकीकृत समाजवादीमा

    367
    SHARES


    काठमाडौँ। पाल्पाको तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता अशोककुमार शाही र पूर्व उपप्रमुख लक्ष्मीदेवी पाठक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पूर्व नगरप्रमुख-उपप्रमुखसहित १६ जना अगुवा कार्यकर्ता एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

    शनिबार बेलुका एक विज्ञप्ति प्रकाशित गरी उनीहरुले एमाले नेतृत्वले देशमा उचित राजनीतिक निकास निकाल्न नसकेको, नातावाद र कृपावादमा भुलेको, प्रतिनिधिसभा विघटन गरेर देशलाई थप अन्योलतामा लैजाने प्रयत्न गरेको लगायतका आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    शाही तानसेनका निकै पुराना र लोकप्रिय नेता हुन् । एमाले नेतृत्वले ०६२/६३ को जनआन्दोलन र प्राप्त राजनीतिक उपलब्धिलाई भुलेर पार्टीको नीति सिद्धान्त विपरित गतिविधि गरेको, जनमतको अपमान गरेको, असंवैधानिक कदम चालेको, गुटगत स्वार्थले पार्टी चलाउन खोजेकाले आफूहरु एकीकृत समाजवादीमा समाहित भएको उनीहरुको विज्ञप्तिमा उल्लेखछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ