• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    करेन्ट लागेर दुई जनाको मृत्यु

    319
    SHARES


    काठमाडौँ। रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका-८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका-५ वस्तु घर भएका २२ वर्षीय प्रदिप भट्टराई रहेका छन् । उनको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर अशक्त भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ