• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    वाईसीएलको नेतृत्व चयनमा किन हुंदैछ ढिलाई?

    251
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको नेतृत्व चयनमा ढिलाइ भएको छ । शुक्रबार उदघाटन भएको दोस्रो राष्ट्रिय भेलाबाट शनिबार नै नेतृत्व टुंग्याउने भनिए पनि आकांक्षी धेरै हुँदा टुंगोमा पुग्न ढिलाइ भएको हो ।

    शनिबार अबेरसम्म चलेको बन्द सत्रबाट प्रत्येक जिल्लाबाट १ जना अनिवार्य हुने गरी प्रदेशलाई संख्या टुंग्याउने जिम्मा दिइएको थियो, जसमा २५ वर्ष मुनिका युवा २५ प्रतिशत र २० प्रतिशत महिला हुनुपर्ने मापदण्ड बनाइएको थियो ।

    वाईसीएल प्रचार विभाग प्रमुख पुष्प वलीले अहिलेसम्म प्रदेशबाट त्यस्तो सूची आइनसकेको जानकारी दिए । ‘जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई सिफारिस गर्न जिम्मेवारी दिइएको हो,’ उनले  भने, ‘उनीहरुले टुंग्याएका छैनन् । यदि उनीहरुले टुंग्याएनन् भने माथिबाट हस्तक्षेप गरेर टुंगिन्छ ।’

    वाईसीएलमा १९९ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ । अध्यक्षमा सुवोध शेर्पाइली हुने निश्चित भइसके पनि अन्य पदाधिकारीमा पनि आकांक्षी धेरै हुँदा मिलाउन अप्ठ्यारो परिरहेको बताइएको छ । प्रचार विभाग प्रमुख वलीले पदाधिकारी टुंग्याउने गृहकार्य भइरहेको बताए ।

    उम्मेर हदका कारण संयोजक सुमन देवकोटाले वाईसीएलबाट विदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेर्पाइली हुने निश्चित जस्तै छ । देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले शेर्पाइली अध्यक्ष निश्चित जस्तै भएका हुन् । उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

    महासचिवमा भने धेरै दाबेदार देखिएका छन् । महासचिवमा ज्ञानबहादुर गुरुङ ‘कसम’, गणेश शाही र मिङ्मा डन्डु शेर्पाको बलियो दाबेदारी छ । गुरुङ र शाही माओवादी केन्द्रका वैकिल्प केन्द्रीय सदस्य समेत हुन् । वाईसीएलमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, २३ सचिव र एक कोषाध्यक्ष हुने व्यवस्था रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ