• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    गिरिको निधनमा कांग्रेसको आकस्मिक बैठक

    324
    SHARES


    sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf z'qmaf/ nlntk'/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि आइतबार नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक बसेको छ । पार्टी कार्यालयमा बसेको बैठकले गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

    बैठकपछि जारी वक्तव्यमा काँग्रेसले भनेको छ, ‘सबै किसिमका निरंकुशता विरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक-पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक-पटक जेल र निर्वासनमा रहनु भयो ।

    उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षी बीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । महान दार्शनिक नेता प्रदिप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ ।’

    बैठकले गिरीप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम तय गरेको छ । जसअनुसार भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने तय गरेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ