• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गिरिको निधनको शोकमा तीन दिन कांग्रेसले पार्टीको झण्डा आधा झुकाने

    261
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

    भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ ।

    कांग्रेस सांसद गिरिको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ