• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    २ बर्षसम्म थलीवासीको माग पुरा नहुँदा फेरि गरे सडक बन्द

    338
    SHARES


    काठमाडौं । चाबहिल-साँखु सडक खण्डको थलीमा बाटो मर्मतको माग गर्दै स्थानीयले आज बिहानैदेखि बाटो बन्द गराएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहान ८ बजेदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् ।

    स्थानीय निश्चल नेपालका अनुसार स्थानीय व्यवसायीहरुले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई आउ-जाउ गर्न रोक लगाएका छन् । थली खण्डको करिब ८ सय मिटर बाटो पिच हुन बाँकी छ । २०७७ सालदेखि नै त्यहाँका स्थानीयले बाटो पिच गर्न माग गर्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् । तर उनीहरुको माग सम्बोधन भएको छैन ।

    यसअघि २०७८ चैत १० मा पनि उनीहरुले बाटो अवरुद्ध पारेका थिए । सो क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर बाटो पिच गर्न दबाब दिएका थिए । उनले भोलि नै ठेकदारलाई बाटो पिच गर्न लगाउने भनेपछि स्थानीय पछि हटेका थिए । तर अहिलेसम्म बाटो पिच नभएपछि स्थानीयले पुनः बाटो बन्द गराएका हुन् ।

    बाटोमा उनीहरुले राखेको एक सूचनामा थलीवासीहरुको स्वास्थ्य, दैनिक जीवन, आवत-जावत, व्यापारमा नराम्रो असर भइरहेको र राज्य, स्थानीय सरकारको हेलचेक्राइ र फटाइविरुद्ध सडक बन्द गराएको उल्लेख छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ