काठमाण्डाै। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता प्रदीप गिरिको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।उनले गिरिको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै गिरिको दर्शन, विचार सदैव अमर रहने बताए ।
उनले लेखेका छन् : ‘समाजवादी चिन्तक, मेरा प्रीय मित्र , नेपाली कांग्रेसका नेता प्रदीप गिरिजीको असामयिक देहावसानको खबरले अत्यन्त मर्माहत छु । प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् । दुःखद यस क्षणमा प्रदीपजीको आत्माको चीर शान्तिको कामना साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।’
प्रतिक्रिया