• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी

    472
    SHARES


    काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको स्रोतले बतायो । संसद सचिवालय स्रोतले भन्यो, ‘कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको छ ।’

    गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

    अन्त्येष्टिपछि संसदबाट शोक प्रस्ताव पारित गर्ने चलन छ । आज संसद बैठक स्थगित गर्ने र गिरिको निधनमा शोक प्रस्ताव सोमबारको बैठकमा गर्ने गरी संसद सचिवालयमा छलफल भइरहेको स्रोतले बताएको हो । ‘आज संसद बैठक स्थगित हुने धेरै सम्भावना छ,’ स्रोतले भन्यो ।

    समाजवादी चिन्तक गिरि २०७४ सालको आम निर्वाचनमा सिरहा क्षेत्रनम्बर १ बाट निर्वाचित भएका थिए । २०६३ सालको पुनर्स्थापित संसदमा मनोनीत भएका उनी २०६४ र ०७० सालमा समानुपातिक सांसद भएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ