काठमाण्डाै। राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बाैद्धिक व्यक्तित्व गुमाएको बताएकि छिन् ।
आज बिहान ट्विट गरी उनले गिरिको निधनमा दुःख व्यक्त गरेकी हुन् । साथै राष्ट्रपति भण्डारीले गिरिप्रति श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारमा समवेदना प्रकटगरिन् । क्यान्सरबाट पीडित गिरिको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आजै अन्त्येष्टि गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया