• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अफ्रिकी महाद्वीपमा खडेरी : तातो र सुक्खा मौसमका कारण जनजीवनसँगै आप्रवासी चराहरू खतरामा

    342
    SHARES


    काठमाडौँ। अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरीका कारण जनजीवनसँगै आप्रवासी चराहरू समेत खतरामा परेका छन् । चरम गरिबी, जैविक विविधताको ह्रास, मौसमी चक्र तथा नयाँ प्रविधिमा पहुँचले महाद्वीपलाई जङ्गली प्रजातिहरूको बासस्थान संरक्षण गर्न थप कठिन बनाएको छ ।

    जलवायु परिवर्तन र लामो खडेरीका कारण अफ्रिकी केही देशमा देखिएको तातो र सुक्खा अवस्थाले घुमन्ते प्रजातिलाई कठिन बनाएको विज्ञलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । पछिल्ला वर्ष चराहरुले पानी र प्रजननका लागि आवश्यक आधारहरू गुमाइरहेका छन् ।

    चराहरु बसाइँसराइको ढाँचालाई नै पूर्ण रूपमा परिवर्तन गर्न बाध्य भएका विज्ञले बताएका छन् । अफ्रिकाका दुई हजारभन्दा धेरै चरा प्रजातिहरूमध्ये सयभन्दा बढी प्रजातिहरू खतरामा रहेका र माडागास्कर माछा चील, ताइटा फाल्कन र हुड गिद्धहरूजस्ता दर्जनौँ प्रवासी चराहरूका २८ प्रजातिहरूलाई ‘गम्भीर सङ्कट’ उत्पन्न गरेको देखिएको वातावरणीय समूह बर्डलाइफ इन्टरनेशनलको विश्लेषणले देखाएको छ ।

    बर्डलाइफका नीति संयोजक केन मवाथेका अनुसार जलवायु परिवर्तन र चर्को गर्मीले जोखिम बढाएको छ । जलवायु परिवर्तनका कारण जल तथा जमिनमा पाइने अन्य प्रजातिजस्तै चराहरू पनि प्रभावित भइरहेका उहाँको भनाइ छ ।

    संयुक्त राष्ट्र सङ्घको वातावरण मामिला निकाय र संरक्षण समूह वेटल्यान्ड्स इन्टरनेशनलले गरेको एक अध्ययनअनुसार अफ्रिकी स्थलमध्ये ८७ प्रतिशत जलवायु परिवर्तनको जोखिममा छन्, जुन युरोप वा एसियाको तुलनामा धेरै हो ।

    मौसमविद् इभान्स मुकोल्वेका अनुसार प्रकृतिमाथि मानवीय हस्तक्षेपका कारण जलवायु परिवर्तन र कम वर्षा हुँदा तापक्रममा आउने वृद्धिले चराहरूको आप्रवासी यात्राको क्रममा निर्भर हुने प्रमुख सिमसार क्षेत्र र पानीका स्रोतहरूलाई खुम्च्याउँदै लगेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ