काठमाडौं । इंग्लिस क्लब चेल्सीले टोटेनहमका फरवार्ड सन ह्युङ मिनलाई जातीय दुर्व्यवहार भएको छ । दुर्व्यवहारगर्ने समर्थकलाई प्रतिबन्ध पनि लगाएको छ ।
चेल्सीले शनिबार सनलाई दुर्व्यवहार गर्ने समर्थकको पहिचान गरिएको र उनलाई अनिश्चित कालका लागि प्रतिबन्ध गरिएको जनाएको छ ।
सनलाई दुर्व्यवहार गर्ने समर्थक चेल्सीको सिजनल टिकट होल्डर रहेको बताईएको छ ।
स्टामफोर्ड ब्रिजमा गत हप्ता चेल्सी र टोटेनहमबीचको खेल दौरान सनलाई दुर्व्यवहार भएको थियो ।
कर्नरका लागि गएको बेला सनलाई समर्थकले जातीय दुर्व्यवहार गरेको बताईएको छ । उक्त खेल २-२ को बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया