• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादीले टुङ्गायाे पदाधिकारी ? नारायणकाजी वरिष्ठ उपाध्यक्ष, महासचिव को ? सूचीसहित

    768
    SHARES


    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

    अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रिय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै प्रचण्डले बैठकमा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

    प्रचण्डले बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका थिए ।

    त्यस्तै उनले उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की र कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव गरेका थिए । बैठकले १२५ जनाको पोलिटब्युरो बनाउने निर्णय समेत गरेको छ ।

    श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति
    पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरिएको हो ।

    समितिको सदस्यहरूमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, परशुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया