• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

    355
    SHARES


    तनहुँ। ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भइ शिक्षा विकास तथा समन्वय एकाई स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    स्याङ्जाकाे एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई दमौलीकाे एक होटलबाट नियन्त्रणमा लिएको हो । ‘उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ’, प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने, ‘पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।’

    विद्यालयको भवन पुनःनिर्माणका क्रममा अन्तिम निकाशाका लागि काम गरिदिनका लागि उनले रकम माग गरेको बताइएको छ । केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने सर्तसहित बोलाइएको थियो ।

    उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए । इञ्जिनीयर निक्लम शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ