• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीतिमा छु : रामचन्द्र पौडेल

    884
    SHARES


    काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताए । तनहुँको भानु नगरपालिका-३ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा बिजुली, पानी, मोटरबाटो पुगे पनि आम्दानी नपुगेकाले त्यसलाई पूरा गर्न आफू क्रियाशील रहेको उल्लेख गरेका हुन् ।

    गाउँमा सबै सुविधा पुगे पनि रोजगारी र आम्दानी नपुगेकाले अबको ध्यान त्यसतर्फ केन्द्रित रहने उनको भनाइ छ । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई विदेशिन नपर्ने, नेपालमै रोजगारीको सिर्जना गर्ने सपना पूरा गराएरै छाड्ने पौडेलले दाबी गरे ।

    उनले भने, “देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचारको जालो तोड्नु छ, साउदी अरबको खाडीमा युवा भौतारिन पर्ने बाध्यताको अन्त्य गर्नु आवश्यक छ ।” नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउनका लागि आफू केन्द्रित रहेको बताउँदै त्यसैका कारण जिल्ला आउन नभ्याएको पौडेलले बताए। भानुभक्तको जन्मस्थलाई भानु साहित्य उत्थान बनाएर नेपालको मात्रै नभइ विश्वभरि रहेका नेपालीहरू, नेपाली भाषा पढ्नेहरूले जीवनमा एकपटक आउनैपर्ने ठाउँ बनाइने उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया