• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादीले ८ भदौदेखि प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गर्दै

    517
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौ ८ गतेदेखि प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबार बसेको माओवादीको स्थायी समितिको बैठकले ८ गते मधेश प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

    उनका अनुसार ९ भदौमा गण्डकी प्रदेशमा, १० गते प्रदेश १ मा, ११ गते लुम्बिनी प्रदेशमा, १२ गते बागमतीमा प्रशिक्षण कार्यक्रम हुनेछ । त्यसपछि १३ गते विशेष प्रदेश समितिको, १५ गते सम्पर्क समन्वय समितिको, १६ गते कर्णाली प्रदेशको र १७ गते सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय छ ।

    माओवादी केन्द्रले सत्तारुढ गठबन्धनले सिट बाँडफाँटमा मोटामोटी सहमति जुटाएपछि मात्र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तय गरेको थियो । ७ भदौसम्म गठबन्धनको बैठक भएकाले त्यसपछि प्रशिक्षण तय गरेको उपाध्यक्ष महराले बताए ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया