• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अखिल क्रान्तिकारीको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई

    329
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद समाधान गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

    शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखिएको विवाद मिलाउने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

    ‘विद्यार्थीमा दुई समूह देखियो त्यसलाई मिलाउने निष्कर्षमा पुगेका छौं, त्यसको जिम्मा अध्यक्ष कमरेडलाई जिम्मा दिइएको छ’ उनले भने ।

    अखिल क्रान्तिकारीको अधिवेशनबाट अध्यक्षमा पञ्चा सिंह चयन भएकी थिइन् । तर उक्त कमिटीका उपाध्यक्ष रहेका पवन कार्कीले छुट्टै समानान्तर समिति गठन गरेका छन् ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ