• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ४३ विद्यार्थी बेपत्ता पारेको आरोपमा पूर्व महान्यायाधिवक्ता पक्राउ, अब के हुन्छ?

    882
    SHARES


    काठमाडौं। मेक्सिकोका पूर्व महान्यायाधिवक्ता जेसस मुरिलो करमलाई सन् २०१४ मा ४३ विद्यार्थी बेपत्ता पारेको आरोपमा पक्राउ गरिएको छ । करमलाई बिद्यार्थी जबरजस्ती बेपत्ता पारेको, यातना दिएको र न्यायमा बाधा पुर्‍याएको आरोप लगाइएको छ । विद्यार्थीहरू मेक्सिको सिटीमा भएको विरोध प्रदर्शनमा सहभागी हुनका लागि इगुआला सहरको बाटो हुँदै बसमा यात्रा गर्दा बेपत्ता भएका थिए ।

    उनीहरू मध्ये मात्रै तीनजनाको हड्डीका टुक्राहरू भेटिएको बताइएको छ । त्यो बाहेक उनीहरूको अवस्थाबारे केही जानकारी प्राप्त नभएको बताइएको छ । २६ सेप्टेम्बर २०१४ को साँझ विद्यार्थीहरू बोक्ने बसहरूमा नगरपालिका प्रहरीले गोली चलाएको थियो । त्यसपछि के भयो भन्नेबारे अझै विवाद छ ।

    विद्यार्थीहरूको रहस्यमय बेपत्ताले संसारभर स्तब्धता छाएको बताइएको छ । सोही कारणले मेक्सिकोमा दण्डहीनता र संगठित अपराधमा राज्यको संलग्नता विरुद्ध व्यापक विरोध प्रदर्शन भएको पनि बताइएको छ ।

    शुक्रबार गिरफ्तार गरिएको करमले विद्यार्थीहरूलाई के भयो भन्ने विषयमा सन् २०१५ को विवादास्पद अनुसन्धानको नेतृत्व गरेको बताइएको छ । विद्यार्थीहरूलाई मारेको र अवशेषहरू जलाएको आरोपमा कार्टेलका सदस्यलाई उक्त नेतृत्वले दोष लगाएको थियो ।

    अनुसन्धानका निष्कर्षहरू तत्कालीन राष्ट्रपति एनरिक पेना निटोले समर्थन गरेका थिए । सशस्त्र बलहरूलाई कुनै दोष नलगाएको कारण स्वतन्त्र विशेषज्ञहरू र हराएका विद्यार्थीहरूका आफन्तहरूले आलोचना गरेको बताइएको छ ।विद्यार्थी बेपत्ता भएको घटनामा पक्राउ पर्ने उनी अहिलेसम्मकै उच्च सरकारी अधिकारी भएको दाबी गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया