• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल पावर एक्सचेन्जको अध्यक्षमा आचार्य चयन

    218
    SHARES


    काठमाडौँ। विद्युत व्यापारका लागि निजी क्षेत्रले स्थापना गरेको नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

    तीन महिना सम्पन्न भएको कम्पनीको साधारणसभाले छनोट गरेको सञ्चालक समितिले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । नेपेक्स स्थापना हुँदा शैलेन्द्र गुरागाईँ अध्यक्ष थिए । नेपेक्सको प्रबन्धक सञ्चालकमा आसिक गर्ग र उत्तरकुमार श्रेष्ठ छन् । यस्तै, सञ्चालक समितिमा उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाईं, मोहन डाँगी छन् ।

    कृष्ण आचार्य स्वतन्त्र ऊर्जा उत्पादकरूको संस्था (इप्पान)का अध्यक्ष समेत हुन् । निजी क्षेत्रबाट विद्युत व्यापारका लागि स्थापित कम्पनी भएपनि नेपेक्सले विद्युत व्यापारको अनुमति भने पाइसकेको छैन । यद्यपि, कम्पनीले भारतीय कम्पनीसँग विद्युत व्यापारको सम्झौता गरिसकेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निजी क्षेत्रलाई विद्युत व्यापारको जिम्मेवारी दिने विषयमा अध्ययन प्रक्रिया समेत अघि बढाएको थियो । तर, त्यो प्रक्रियाले मूर्तरूप लिन सकेको छैन । हाल नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युतको व्यापार गर्दै आएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ