• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    नेपाल पाकिस्तान व्यापारबाट गत आर्थिक वर्षमा नेपाल लाई ५० करोड घाटा

    430
    SHARES


    काठमाडौँ। नेपाल र पाकिस्तानबीचको वैदेशिक व्यापारमा नेपालले गत वर्ष ४८ करोड ६९ लाख रुपैयाँको घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाकिस्तानसँग नेपालले करिब ५० करोड रुपैयाँको घाटा बेहोरेको हो ।

    पाकिस्तानबाट गत आर्थिक वर्ष २०७८/७९ मा ६० करोड ४ लाख ४४ हजार रुपैयाँको आयात गरेको थियो । सोही अवधिमा नेपालबाट पाकिस्तानतर्फ ११ करोड ३४ लाख ८१ हजार रुपैयाँको निर्यात भएको थियो । यसअनुसार, नेपाललाई ४८ करोड ६९ लाख रुपैयाँको घाटा भएको हो ।

    पाकिस्तानबाट नेपालतर्फ खजुर, जडीबुटी, फर्मास्युटिकल्स, बिरे नुन लगायत वस्तु आयात हुन्छ । यस्तै, नेपालबाट अलैँची, जडीबुटी, फर्मास्युटिकल्स, खयर लगायत निर्यात हुने गरेको विभागले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ