• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बसेनी सामुदायिक वनमा महिलाको शव भेटियो

    368
    SHARES


    गुल्मी । गुल्मीको इस्मा गाउँपालिका- १ हस्तीचौर स्थित बसेनी सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ । शनिबार स्थानीय वासिन्दाले गाईवस्तु चराउने क्रममा शव देखेपछि वडाअध्यक्षलाई खबर गरेका थिए । शवको पहिचानको लागि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष शेरबहादुर कुँवरले बताएका छन् ।

    शरीरमा रातो चोलो लगाएको आधारमा शव महिलाको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष कुँवरले बताए । शवको पहिचान र थप अनुसन्धानको लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ