• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    चार सय विद्यार्थी जीर्ण विद्यालय भवनको चिसो भुइँमा बसेर पढ्न बाध्य

    1.1K
    SHARES


    काठमाडौँ। लोकतान्त्रिक मुलुकको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पलेँटी कसेर पढ्न बाध्य भएका छन् । स्थानीय सरकारले पनि यस्तो समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।

    बाराको आदर्श कोटवाल गाउँपालिका-५ मा रहेको यस आधारभूत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे पनि प्राथमिकतामा नपरेको स्थानीयको भनाइ रहेको छ । तीन वर्षअघि गाउँपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएको छैन । यही कारण बालबालिकाहरू जीर्ण विद्यालय भवनको चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य भएका छन् । यसरी पढ्दा बालबालिकाको स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक शारदा सिंहको गुनासो छ ।

    १ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् । विद्यार्थी राखेर पढाउन कक्षाकोठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहु कक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ ।

    विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ । हुने, खाने र सम्पन्न परिवारका बालबालिका सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेकाले स्थानीय हुने खाने परिवारको नजरमा समेत यो विद्यालय परेको छैन् । सोही कारण विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ ।

    विद्यालयको अवस्था हेर्दा कतै पनि अध्ययन, अध्यापनको वातावरण नै देखिँदैन् । चाँडै नयाँ भवन निर्माण सम्पन्न गर्न अघिल्लो सरकारका जनप्रतिनिधिलाई भने पनि ध्यान नदिएकाले आदर्श कोटवाल गाउँपालिका (५ का हालका वडा अध्यक्ष रुपेश नारायण सिंह बताउँछन् ।

    विद्यालयमा अहिले जम्मा चार वटा कोठा छन् । प्रशासनिक भवन अर्को भवनमा छ जसमा एउटा कोठामा निर्माण सामाग्री राखिएका छन् । सोही कोठामा विद्यालयको अफिस पनि छ । गाउँपालिकाले विद्यालय सुधारमा चासो नदिएपछि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ ।

    आदर्श कोटवाल गाँउपालिका प्रमुख जवाहरप्रसाद साहले चाडै नै पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने र अब बालबालिका चिसो भुइँमा बसेर पढ्ने समस्या चाडै समाधान निकाल्ने बताएका छन् ।

    धेरै सामुदायिक विद्यालयको अवस्था देखेर नाक खुम्चाउनुपर्ने अवस्था सृजना भएको छ । आदर्श कोटवाल गाउँपालिकामा रहेको यस आधारभूत विद्यालयको नयाँ भवन कहिले बन्छ र विद्यार्थीले चिसो भुँइमा बसेर पढ्नु पर्ने बाध्यता अन्त्य कहिले हुन्छ भनेर प्रतीक्षा गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया