• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    भूमिहीनका लागि आवेदन खुला

    335
    SHARES


    काठमाडौँ। राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ ।

    राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक्ष धर्मसिंह ऐरका अनुसार जिल्लाका छ पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई आवेदन दिन भनिएको छ । मेलौली नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवेदन दिन सूचना प्रकाशन गरिएको हो ।

    पञ्चेश्वर गाउँपालिकाका लागि यसअघि नै सूचना प्रकाशन भइसकेको छ । डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकासँग भने सम्झौता गर्न नै बाँकी रहेको ऐरको भनाइ छ । नभएकालाई जमिनको व्यवस्थापन गर्ने उद्देश्यले लगत सङ्कलनमार्फत आवेदन सङ्कलन गरिनेछ । उनले भने, ‘राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशन गरेपछि हामीले पनि पालिकालाई पत्र पठाइसकेका छौँ । एकीन तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्छौं ।’

    आयोगले देशका विभिन्न पालिकामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ । योसँगै बैतडीका छ सहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका ३८ स्थानीय तहका लागि आवेदन खुला गरिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ