काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसंघका अधिकारीहरूलाई जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिइने बताएका छन् । पुटिन र फ्रान्सेली राष्ट्रपति एमानुअल माक्रोँबीच फोनवार्ता भएपछि क्रेमलिनले त्यस्तो घोषणा गरेको हो। यसअघि संयुक्त राष्ट्र्संघका महासचिव एन्टोनियो गुटेरसले बीबीसीलाई उक्त प्लान्टको अवस्थाबारे आफू ‘चिन्तित’ रहेको बताएका थिए।
उनले जापोरिजा वरपर सैन्य गतिविधिहरू अन्त्य हुनुपर्ने भन्दै मस्कोलाई अनुगमनकर्तालाई प्रवेश दिन आग्रह गरेका थिए।
प्रतिक्रिया