• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

    282
    SHARES


    काठमाण्डाै। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन्। आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टाेटनह्याम र उल्भ्स खेल्दैछन् । टाेटनह्यामले २ खेलमा ४ अङ्क जोडेको छ । उल्भ्सको २ खेलमा १ अङ्क छ ।

    अर्को खेलमा बेलुका सवा ७ बजे लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम फरेस्ट र एभर्टन तथा फुलह्याम र ब्रेन्टफोर्ड खेल्दैछन् । त्यस्तै आज राति सवा १० बजे आर्सनल र बर्नमाउथबीच खेल हुनेछ ।

    अङ्कतालिकामा २ खेलमा ६ अङ्क जोडेको आर्सनल दोस्रो र समान खेलमा ६ अङ्क नै रहेको म्यानचेस्टर सिटी गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ