• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    किन संघीयतालाई बलियो बनाउन आवोश्यक भन्छन मुख्यान्त्री शाही?

    400
    SHARES


    काठमाडौँ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पुरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले अहिले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँग नै निहित गरेको पनि बताए ।

    शनिबार प्रदेश स्थापना दिवस तथा सहिद दिवस-०७९ को शुभकामना सन्देश दिँदै उनले भने,‘प्रदेश सरकारले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने शहीदको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ । साथै शहीद परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं ।’

    मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षदेखि शहीद परिवार भत्ताको व्यवस्था प्रदेश सरकारले गरेको बताए । कर्णाली प्रदेश स्थापनको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए ।

    दशकौंदेखि संघीय शासन व्यवस्थाका कारण पछाडि पारिएको कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै ठूलो आन्दोलन भएको थियो । हालको कर्णाली र सुदुरपश्चिम प्रदेशलाई एउटै बनाउने गरि भएको निर्णयको विरोधमा कर्णालीले गरेको आन्दोलनको फलस्वरुप नै अहिले कर्णाली प्रदेश प्राप्त भएको थियो ।

    मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालिन सोचलाई पुरा गर्न ‘६ ब’ को नीति अपनाइएको बताएक छन् । र, सोही अनुसार सरकार अघि बढिरहेको उनको भनाइ रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ