काठमाण्डाै। पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ सम्म महसुस भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।
प्रतिक्रिया