काठमाडौँ। सभामुख अग्नि सापकोटाले नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।
गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ ।
प्रतिक्रिया